राप्रपाको रणनीति संबिधानको उपयोग र संबैधानिक व्यवस्थासंग सहकार्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सम्बद्र्धनबाद बैचारीक दर्शन बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वयत्त शासन प्रणली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको वैचारीक आधार स्तम्भ पुरा गर्न संविधानको उपयोग र सबैधानिक व्यवस्थासंग सहकार्य गर्ने रणनीति बनाएको छ ।

राप्रपाको विहिवार बसेको कार्यसम्पादन समितिको बैठकले बैचारिक आधारस्तम्भ, रणनीति, कार्यनीत, प्राथमिकता र कार्ययोजनालाई योजनाबद्ध र प्रभावकारीरुपमा कार्यान्वयन गरिने जनाउदै सुशासन, विकास र सम्बृद्धिलाई प्राथमिकता दिइने जनाएको छ ।

महामन्त्री भास्कर भद्राले जानकारी दिए अनुसार कार्यसम्पादन समितिको बैठकले संगठन निर्माण तथा सुदृढिकरण, जनमुखि कार्यक्रमदारा जनपरिचालन, समान बिचारधार भएका राजनीतिक दलहरुसंग सहकार्य र एकता एवं जनसंघर्ष आगामि दिनका राप्रपाको मुख्य कार्यनीति तय गरेको छ । संगठन निर्माण तथा सुदृढिकरण कार्यक्रम अनुसार राप्रपाले आगामि पौष मसान्त भित्र देशको सम्पूर्ण ७ सय ५३ गांउपालिका र नगरपालिकाको वडाहरुमा पार्टी ईकाई समितिहरुको गठन एवं पुनर्गठन गर्ने भएको छ ।

साथै, आगामि माघ महिनामा प्रदेशसभा तथा संघिय संसद निर्वाचन क्षेत्रिय अधिवेशन र कार्यसमितिहरुको गठन एवं पुनर्गठन गर्ने, २०७६ बैशाख महिनामा सम्पूर्ण जिल्लाहरुको अधिवेशन र जिल्ला कार्यसमितिहरुको पुनर्गठन तथा २०७६ जेठ महिनामा ७ वटै प्रदेशको अधिवेशन र प्रदेश कार्यसमितिको गठन गर्ने तयारी गरेको छ । राप्रपाले पौष मसान्त भित्र ५० हजार थप सक्रिय सदस्यहरु बनाउने गरि सक्रिय सदस्यता वितरण अभियान संचालन गर्ने भएको छ ।

राप्रपाले केन्द्रिय परिषदबाट पारित कार्यक्रमहरु हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान , राष्ट्रिय स्वाभिमान यात्रा र प्रदेश स्तरिय प्रशिक्षण तथा सम्मेलनको कार्यतालिका समेत तय गरिसकेको छ । राप्रपाले अबलम्बन गरेको बिचारलाई स्थापित गर्न तथा देशको सामुन्ने बिद्यमान चुनौतिहरुको सामना गर्ने क्रममा समान बिचारधारा भएका राजनीतिक दल तथा समुहहरुसंग सहकार्य र एकता गर्ने नीतिलाई पार्टीले निरन्तरता दिने कार्यसम्पादन समितिको बैठकले जनाएको छ । खासगरि पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई राप्रपाको मुलधारमा समाहित गर्न उच्च प्राथमिकता दिईने छ । पार्टी एकताको ढोका सदैव खुला रहने महामन्त्री भद्राले बताउनु भएको छ । बैठकले आगामि फाल्गुन ७ गतेबाट हिन्दुराष्ट्र« पुनस्र्थापना लगायतका बिभिन्न मागहरु राखि देशव्यापि जनसंघर्ष गरिने छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठकले संबिधान बमोजिम चुनाव सम्पन्न भै दुई तिहाई बहुमतका साथ सरकार गठन भएको ९ महिना भैसकेको भएपनि जनताले राहत र परिवर्तनको अनुभूति गर्न नपाएको जनाएको छ । शान्ति, स्थायित्व र सम्बृद्धिको सट्टा देश अझै गंभीर संकटको दिशातर्फ उन्मुख भैरहेको छ भन्दै राप्रपाले नेपालको ईतिहासमा पहिलोपटक राष्ट्रबिखण्डनको आवाज उठन थालेको र नेपाली भूभाग बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ तथा बिदेशीहरुको चलखेल र प्रभाव बढेको निष्कर्ष पनि निकालेको छ ।

‘धर्मपरिवर्तनको कारण राष्ट्रिय पहिचान कमजोर हुने, सामाजिक सदभाव र एकता खलबलिने तथा देश धार्मिक दन्दको दलदलमा फस्ने संभावना देखिएको छ ।’ राप्रपाले भनेको छ– आर्थिक एवं प्रशासनिक क्षेत्रमा बिकृति र बिसंगतिहरु ब्याप्त रहेका छन् । राज्यसंयन्त्रको प्रभावकारितामा तिव्र ह्रास आएको छ । उल्लेखित समस्या र चुनौतिहरु सामना गर्न वर्तमान सरकार पूर्णत बिफल भएको भन्दै राप्रपाले जनताको भावना र राष्ट्रको आबश्यकता अनुरुप काम गर्न सरकार असक्षम हुंदै गएको पनि जनाएको छ ।

यो निराशाजनक परिस्थितिका निमित्त सरकार र सत्तारुढ दलहरु नै मूख्यरुपले जिम्मेवार छन भन्दै राप्रपाले सरकारको अकर्मण्यता र असफलताको निमित्त निसन्देह सत्ताको बागडोर सम्हालेका ब्यक्तिहरु जवाफदेही रहने उल्लेख गरेको छ ।