हल्दीबारी गाउँपालिकालाई समृद्ध बनाउन सामग्री हस्तान्तरण

0
Shares

उत्तम नेपाल, भद्रपुर ।
हल्दीबारी गाउँपालिकाको पहिलो तथा दोस्रो गाउँसभाबाट पारित गरेको हल्दीबारीको दृष्टि,कृषि र पर्यटन मार्फत समृद्धि अनुसार विभिन्न सामग्री सम्बन्धीत निकायलाइ हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाले आयोजना गरेको विभिन्न सामग्री/कार्यक्रम हस्तान्तरण तथा उद्घाटन समारोहमा कृषि,स्वास्थ्य,शिक्षा तथा खेलकुद क्षेत्रमा अब्बल बनाउन सामग्री वितरण गरेको हो ।

गाउँपालिका र स्थानीय सहकारी संस्थाको ७०–३० को लागत साझेदारीमा खरिद गरिएका सातथान ट्याक्टरलाइ जागृती साना किसान कृषि सहकारीलाइ २ थान,एकता वहुउद्देश्य १ ,साना किसान कृषि सहकारी १ र साना किसान कृषि सहकारी संस्थालाइ ४ थान हलो जोडिएको ट्याक्टर प्रदान गरिएको थियो । त्यस्तै प्रदेश सांसद पुर्णप्रसाद राजवंशीको पहलमा आएको भद्रपुर र विर्तामोड नगरपालिका,हल्दीबारी र बाह्रदशी गाउँपालिकाका सामुदायिक विद्यालयलाइ २२ थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी सवै सामुदायिक विद्यालयका मावि तथा आधारभुतमा कम्प्यूटर शिक्षा अध्यापनका लागि ११ जना घुम्ती कम्प्यूटर करार शिक्षक ,५ जना ज्यालादारीमा घुम्ती खेल प्रशिक्षक,ज्यालादारीमा तीनजना योग शिक्षक र साविक जलथल गाविसको स्वास्थ्य चौकीमा बथिङ्ग सेन्टर र ल्याब सञ्चालनका लागि करारमा अ.न.मी २,ल्याब टेक्निसियन १ र असिष्टेण्ड १ गरी २३ जनालाइ नियूति पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममका अतिथीले सम्बन्धीत शाखा प्रमुखलाइ नियूति पत्र हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको सभापतित्व तथा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सामग्री हस्तान्तरण पश्चात प्रमुख अतिथी लिङ्देले हल्दीबारीलाइ देशभरी कै नमुना गाउँपालिका बनाउने ठोकुवा गरेका थिए । नमुना गाउँपालिकाको रुपमा अघि बढिसकेकोले यसलाइ कसैले अवरोध सिर्जना नगर्न सम्झाएका थिए । हल्दीबारीका जनतालाइ अबको पाँचवर्षपछि खाडीमुलुक नगइ परिवार चलाउने गरीको रोजगारी यही उपलब्ध हुने उनले दाबी गरेका थिए ।

कार्यक्रममा प्रदेस सांसद ओमप्रकाश सरावगी, वसन्त कुमार वाँनिया,पूर्णप्रसाद राजवंशी, संविधान सभा सदस्य मोहन टुडूले गाउँपालिकाले शुरु गरेको अभियानको प्रशंसा गरेका थिए । उपाध्यक्ष डम्बर बहादुर गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमलाइ प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले सञ्चालन गरेका थिए ।