प्रेमीको मासु पकाएर ख्वाउने महिला पक्राउ


रबाट,(एजेन्सी)
मोरोक्कोका एकजना महिलालाई आफ्नो प्रेमीको हत्या पश्चात उनको मासु पकाएर संयुक्त अरव इमिरेटसका पाकिस्तानी कामदारहरुलाई ख्वाएको आरोप लगाइएको सरकारी वकिलहरुले बुधवार बताएका छन् ।
तिनीहरुका अनुसार ति महिलाले तीन महिना अघि आफ्नो प्रेमीलाई मारेको तर उनको किचेनको मिक्सरमा एउटा मानव दाँत फेला परेपछि हालैमात्र अपराध सार्वजनिक भएको हो ।

सरकारी अखवार दि नेसनलले पागलपन सवार भएर आफुबाट त्यस्तो कार्य हुन गएको प्रहरी समक्ष स्विकारेको जनाएको छ । यस सम्बन्धमा चलिरहेको अनुसन्धान रोकेर नाम नखुलाइएका ति करिव तिस वर्षिया महिला विरुद्ध सिधै मुद्धा चलाइन लागेको छ ।

ति महिलाको उक्त पुरुषसंग विगत सात वर्ष देखि सम्बन्ध रहँदै आएको बताइएको छ । नेसनलका अनुसार आफ्नो प्रेमीले मोरोक्कोका कुन ैअर्कै महिलासंग विवाह गर्ने योजना बनाइरहेको थाहा पाएपछि घृणा र इष्र्याको कारण उनले सो भयानक कदम चालेकी हुन् ।

प्रहरीले ति पुरुषको उनले कसरी हत्या गरिन् भन्ने स्पष्ट पारेको छैन । तर प्रहरीका अनुसार उनले आफ्नो घर नजिकै काम गर्ने पाकीस्तानीहरुलाई परम्परागत भात र उनको मासुको परिकार बनाएर ख्वाएकी थिइन् ।
पिडितका भाईले ओमानको सिमानामा रहेको अल आइन शहर स्थित उनको घरमा दाईलाई खोज्न जाँदा मिक्सरमा एउटा मानव दाँत भेटाएपछि हत्याको पर्दाफास भएके हो । उनले त्यसपछि प्रहरी समक्ष दाजु वेपत्ता भएको उजुरी लेखाएका थिए । प्रहरीले सो दाँतको डिएनए परिक्षण गरी पिडितक ैभएको पुष्टि गरेको हो ।

शुरुमा त ति महिलाले आफ्नो प्रमीलाई घरबाट निकालीदिएका भन्दै प्रहरीलाई झुठो कहानी सुनाउादै गरेकी थिइन् । दुवई स्थित गल्फ न्युजले उनलाई स्वास्थ परिक्षणका लागि मानसिक अस्पतालमा लगिएको जनाएको छ ।