ठमेलमा क्लब फरेनहाइट

0
Shares

काठमाडौं(नेस)
ठमेल, जति बेला गए पनि रमाइलो । त्यस मध्ये जताततै होटेल तथा रेस्टुरेन्टहरुको बोर्डले ताङिगएका भित्ता । यिनै मध्ये एउटा हो, क्लब फरेनहाइट ।

अहिलेका युवापुस्तालाई पनि कामको साथसाथै मनोरञ्जन पनि चाहन्छन् । तर पहिलेको जस्तै तरिकाले भने होइनन् । यस्तै छुटै मनोरञ्जन दिने प्रयासको उद्देश्यले नै यो क्लब खोलिएको हो । पर्यटकहरु साथसाथै नेपालीहरुको पनि घुँइचो लाग्छ ।’ सञ्चालक विश्व पुरीफेरी भन्नुभयो ‘हामीले सञ्चालनमा ल्याएको यो क्लब देशका लागि नमुना क्लब र एसियाकै उत्कृष्ट हो । त्यसैले यहाँ सेलिब्रेटीहरुको आवतजावत भइरहन्छ । कहिले सुटिङ त कहिले मनोरञ्जन गर्नका लागि ।’

क्लब फरेनहाइट भने खोलेको भर्खरै तीन महिना पुगेको छ । विदेशबाट नै सबै लाइट, जेभेल कम्पनीको पहिलो सिरिजको साउड सिस्टमहरु ल्याएर बनाइएको हुनाले यस क्लबमा धेरैजसो विदेशी डि.जे. हरु नै बोलाइने गरिएको छ ।

यिनै राम्रो सेवा सुविधा भएकै कारण विभिन्न कलेजहरुले पनि यतै फेरवेल तथा वेलकम कार्यक्रमहरु पनि गर्ने गरेका छन् । ‘हामीले नेपालमा अझ बढी पर्यटकहरु कसरी भित्र्याउन सकिन्छ भनेर विदेश भ्रमण गर्दा बुझेर यो क्लब सञ्चालनमा ल्याइएको हो’ सञ्चालक पुरीका भन्नुभयो ।

सो क्लबले यसको अलावा रेस्टुरेन्टको पनि खोल्ने योजनाका साथै यही हप्तामा ओपनिङ गर्ने भएको छ । पर्यटकहरुको लागि विशेष लक्षित गरेर थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको व्यवस्था रहेको छ ।