गुल्मीका स्कुलमा पढाउँदै ट्राफिक शिक्षक

0
Shares

अनिल खत्री, गुल्मी
जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गरेको छ । केहि दिन अघिबाट सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण कार्यक्रम सुरु गरेको प्रहरीले बिद्यार्थीलाई पनि सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रम सुरु गरिएको हो । प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै बुधवार गुल्मी जिल्लाको ग्रामीण बस्तीमा रहेको सत्यवत्ति गाउँपालिका २ को ठूलो लुम्पेक स्थित लक्ष्मीपुर माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयमा रहेका २ सय ५० जना बिद्यार्थीलाई बढ्दो न्यूनिकरण गर्ने तर्फ बिभिन्न बिषय बस्तुमा कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वी काफ्लेले बताए । बिद्यार्थीहरुलाई दिएको दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्वदार देवीप्रसाद पौडेल, जवान सुर्य अधिकारी लगायतले सड्कमा यात्रा गर्न पैदल यात्रुले ध्यान दिनुपर्ने कुराहरुमा जानकारी गराएका थिए ।

सवारी साधनमा यात्रा गर्दा यात्रुले गाडिको अबस्था सिट क्षमता लगायतका बिषयमा बिशेष ध्यान राखेर यात्रा गर्नु बिद्यार्थीहरुले जानकारी गराइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख काफ्लेले बताए । समाजमा रहेका हरेक वर्गबाट बढ्दो दुर्घटना न्यूनिकरण गर्नको लागि महत्वपूर्ण भूमिका रहने भएकाले बिभिन्न क्षेत्रबाट सचेतना कार्यक्रहरु थालिएको काफ्लेले बताए ।

जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा बिद्यार्थीहरुका लागि २७ वटा कक्षा, सुरक्षित चालक बनाउन २ पटक कक्षाहरु सञलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार पौडेलले बताए । सवारी धनि व्यवसायीक चालक तथा सहचालकलाई ३ वटा कक्षा, सर्बसाधरणलाई ८ वटा कक्षा, पर्चा पम पिलेट १५ पटक र स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गरेको पौडेलले बताए ।