धर्मेन्द्र बिसी, अछाम
अछामको बान्निगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले मृगौला पिडित श्याम रावलको उपचारका लागी ५० हजार आर्थिक सहयोग गर्नु भएको छ ।
गाँउपालिकाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी गाँउपालिका अध्यक्ष खड्काले मृगौला पिडित रावलको उपचारका लागी ५० हजार रुपैया प्रदान गर्नु भएको हो ।
५ वर्षसम्म तलब नलिने घोषणा
रकम हस्तान्तरण गर्दै गाँउपालिका अध्यक्ष खड्काले आफुले पाउने तलव मध्य ५० हजार सहयोग गरेको बताउनुभयो । गाँउपालिका अध्यक्षमा निर्वा्चित भए सँगै उहाले आफुले पाउने मासिक तलव अनाथ, टुहुरा बालबालिका तथा बेसहाराहरुलाई प्रदान गर्ने उद्धघोष गर्नु भएको थियो ।
घोषणा अनुरुप मृगौला पिडितलाई उपचारका लागी आर्थिक सहयोग गरेको बताउदै उहाले आफ्नो बाँकि रहेको तलव अनाथ टुहुरा बालबालिका तथा बेसहाराहरुलाई छिट्टै प्रदान गर्ने बताउनु भएको छ ।
सामाजीक क्षेत्रमा के कसरी तलव खर्च गर्ने भन्नेबारे योजना बनाई रहेको बताउदै उहाले अव महिना दिन भित्रै बाँकि तलव बितरण गर्ने बताउनुभयो । कुनै निजि स्वार्थका लागी राजनितिमा नआएको बताउदै उहाले जनताको सेवामा आफु सधै लागी पर्ने उद्धघोष गर्नु भएको छ ।











प्रतिक्रिया