अर्जुन बोहरा, हुम्ला ।
लुकाइछिपाई विक्री गर्न लैजान लागेको व्यापरी बाट विभिन्न समयमा २सय ८८ ग्राम चरेस जिल्ला प्रहरी कार्यलय हुम्लाले मंगलबार नष्ट गरेको छ। प्रहरीको सक्रियतामा गएको कार्तिक २८ गते र ३० गते दुई जना चरेस व्यापारी बाट लागु औषध चरेस बरामद गरेको थियो ।
विभिन्न मितिमा बरामद गरिएको अवैध लागु औषधी चरेस प्रशासन कार्यालय हुम्लाका प्रतिनिधि तथा पत्रकारको संयुक्त रोहबरमा चरेस २सय ८८ ग्राम अतर (चरेस)नष्ट गरिएको हाे ।

लागु औषध चरेस व्यापार गर्ने दुई जनालाई जिल्ला प्रहरी हुम्लाले थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो । चरेस व्यापार गर्नेमा सिमकोट गाउँपालिका चारका १८ वर्षिय राजेश शाही, खार्पनाथ गाउँपालिका २० वर्षिय मन्जित वि.क रहेको जिल्ला प्रहरी कार्यलयले हुम्लाका इनिस्पेक्टर गहेन्द्र बहादुर बोगटीले बताए ।
चरेस व्यापारी शाहीको साथ बाट २ सय ७०ग्राम र वि.क साथ बाट१८ ग्राम आगु औषध चरेर आज नष्ट गरिएको प्रहरी नावय उपरिक्षक श्रेष्ठले बताउनु भयो । लागु औषध अभियोग लागेका दुर्वै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतले हिरासतमा राख्न म्याद थप गरिएको छ ।

खार्पुनाथ गाउँपालिका वडा १ को बोक्चे गौडा भन्ने स्थानमा बुधबार साँझा ५ बजे संकास्पत झोला बोकी हिडीरहेको समयमा सुरक्षा निकायले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।
गस्तिमा खटिएको टोलीले संकास्पद स्थलबाटै गर्दा शाहीबाट लागु औषध औषधी २ सय ७० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरीक्षक गहेन्द्र बहादुर बोगटीले जानकारी दिनु भयो । कार्तिक २० गते बरामद गरिएको चरेस जिल्ला प्रहरी कार्यलय हुम्लाले जिल्ला अदालत, जिल्ला प्रशासन, गाउँपालिका पत्रकारहरुको रोहबरमा आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला प्रहरी हुम्लाले अब यस्ता अपराधिक घटनाहरु ह्नु नदिन र कडाईका साथ लागि पर्ने भएको प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।











प्रतिक्रिया