ईन्द्र गिरी, संखुवासभा ।
पूर्वी पहाडी जिल्ला संखुवासभामा मानवअधिकार हनन्को घटना बढेको देखिएको छ । त्यसमध्ये गत बर्षको तुलनामा यस बर्ष बलात्कारको घटनामा बृद्धि भएको पाइएको छ । जिल्लामा ४६ वटा मानब अधिकार हन्नका घटना रहेका छन ।
जिल्लाकोे सदरमुकाम खाँदबारीमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । सन् २०१८ को जनवरीदेखि अक्टोबर १० महिनाको अवधीमा बलात्कारका घटनामा मात्रै ३० वटा घटना घटेको संखुवासभाका इन्सेक प्रतिनिधी बाबुराम बास्तोलाले बताएका छन ।
यस बर्ष संखुवासभामा मानवअधिकार हनन्को घटनामा बलत्कार महिला २ र बालिका ८ गरि १०, त्यसै गरि बलात्कार प्रयास १८ र यौन दुब्यबहार २ वटा घटना घटेका छन । त्यसै गरि हत्या ५, हत्या प्रयास ३, यौन दुब्र्यबहार १, घरेलु हिंसा १, कुटपिट धम्की २, मानव बेचबिखन १ र बहुबिबाह ४ गरि कुल ४६ वटा घटना सार्वजनिक भएको हो ।











प्रतिक्रिया