भुकम्पबाट क्षतीग्रस्त घरहरु धमाधम बन्दै

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वतमा भूकम्पबाट सबैभन्दा बढी क्षतिपुगेको बिहादी गाउँपालिकामा भुकम्पबाट क्षती ग्रस्त घरहरु धमाधम बनेका छन् ।
भूकम्प पिडीतहरुले पहिलो किस्ताको रकम पाएपछि सबैले घर बनाउन थालेका हुन । जिल्लामा कुल ११ हजार भन्दा बढी घरहरु पुर्ण क्षति भएको भएपनि बिहादी गाउँपालिकामा सबैभन्दा बढी ११ सय ३६ घर पुर्ण क्षति अन्र्तगत परेका थिए ।

भूकम्पबाट पुर्ण क्षतीमा परेका सबैले पहिलो किस्ता बापतको रकम पाएपछि घरहरु समेत बनाउन थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भरीमा अहिले सम्म ११ सय जनाले पहिलो किस्ता सम्झौता गरी पहिलो किस्ता बापतको रकम पाईसकेको गाउँपालिका प्रमुख कमल भुषालले बताउँनुभयो । उहाका अनुसार साढे ३ सय जनाले दोस्रो किस्ताको लागि सिफारीस गरिसकेकोमा झण्डै २ सय ५५ जनाले दोस्रो किस्ता बापतको रकम पाईसकेका छन् । पहिलो किस्ता बापतको ५० हजार र दोस्रो किस्ता बापतको १ लाख ५० हजार निर्माणधिन भुकम्प प्रतिरोधि घरहरुको लागि गाउँपालिकाले पठाईसकेको भुषालले बताउँनुभयो ।

तेस्रो किस्ता तथा अन्तिम किस्ताको लागि निर्माणाधिन तथा निर्माण पुरा गरिसकेका घरहरुको तथ्याङक तयार पारि सिफारिस गरिसकेको गाउँपालिकाले जनाएको छ । उनीहरुले सबै घरहरुको पुर्बाधार तयार पारिसकेपछि मात्र तेस्रो किस्ता बापतको रकम पाउने छन् । गाउँपालिका तथा जिल्लामै सबैभन्दा बढी बिहादी गाउँपालिकावडा नम्बर ३ रानीपानी भुकम्पबाट बढी क्षति पुगेको थियो । जहाँ ३ सय ६१ घरहरु भुकम्पबाट पुर्णक्षति भएका थिए । गाउँपालिका भित्र सबैभन्दा कम बडा नम्बर १ बाच्छामा ७५ घरहरु क्षति भएका थिए ।

गाउँपालिकाका अनुसार ७ सय ६६ वटा गुनासोको फारम पठाएपनि सम्बोधन भएको आधिकारिक खबर आएको छैन । गाउँपालिका भित्र भुकम्पबाट पुर्ण क्षतीमा परेका १० वटा घरहरु घर बनाउने आफ्नो जग्गा नभएर बन्न सकेका छैनन । घडेरी र भौगोलीक अशुरक्षाको कारण १० घर सुरक्षीत आबास बनाउनबाट बञ्चित भएको गाउँपालिकाले जनाएको छ ।