सरिता चलाउने, सल्यान ।
सल्यानमा बलात्कार र बलात्कारका घटनामा बृद्धि हुदै गएको पाईएको छ । पछिल्लो समयमा बिगत भन्दा यस्ता घटनामा बृदि हुदै गएको पाईएको हो । ईन्सेक सल्यानले दिएको जानकारी अनुसार जिल्लामा बलात्कार र बलात्कार प्रयासका घटना परिवारका सदस्यहरू बाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको पाईएको छ । जसमा महिलाहरु नै बढि पिडित हुने गरेको पाईएको छ ।
जिल्लामा बलात्कार, बलात्कारको प्रयास र यौन दुर्घटनाहरूमा उल्लेख्य मात्रामा बृद्धि भएको ईन्सेक सल्यानकी जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार अहिले जतिपनि बलात्कार र बलात्कार प्रयासका घटना भएका छन ति घटनाहरू आफन्त बाट र परिवारका सदस्यहरू बाट नै हुने गरेको पाईएको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो जिल्लामा अहिले जति पनि घटना भएका छन सबै घटनामा महिला नै बढि पिडित हुने गरेको पाईएको छ, एक बर्षमा घटेका घटनाहरूलाई केलाउँदा घरपरिवार, आफन्तबाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको पाइयो, बुढाथोकीले भन्नु भयो । यस वर्ष जिल्लामा बलात्कार र बलात्कार प्रयासका १२ वटा घटना घटेको ईन्सेक जिल्ला प्रतिनिधि बुढाथोकीले बताउनु भयो ।
गत बर्ष १५ वटा घटना घटेका थिए, तर बिगत १० महिनाको अबधिलाई हेर्ने हो भने परिवार कै सदस्य, बुवाले छोरीलाई, दाईले बहिनीलाई, ससुराले बुहारीलाई, अंकलले भतिजीलाई बलात्कार तथा बलात्कारको प्रयास गरेका घटनाहरू गत बर्षको तुलनामा धेरै भएको पाईएको छ । ७ जना बालिका बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारबाट पीडित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बालबालिका, महिला र जेष्ठ नागरिक बिभिन्न क्षेत्रबाट समस्यामा पर्ने गरेको बताउनु भएको छ । उहाँले आर्थिक, सामाजिक लगायतका बिभिन्न कारणले जिल्लामा मानव अधिकार उल्लंघनका घटनाहरू धेरै घट्ने गरेको बताउनु भयो । मानवअधिकारकर्मी, नागरिक समाज र पत्रकारहरूको सक्रियतामा नै जिल्लामा हुने बिभिन्न खाले घटनाहरूलाई नियन्त्रण गर्न सकिने उहाँको धारणा थियो । मानवअधिकार सम्बन्धी घटेका बिभिन्न घटनाहरूमा कमी ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने भन्दै उहाँले कानुनको पालना र कानुन बुझ्दै जाने हो भने पनि केही हदसम्म यस्ता खाले घटनामा कमी आउने बताउनु भयो ।
ईन्सेकको तथ्याक अनुसार यस अबधिमा ५ जना महिला माथी समेत बलात्कार, बलात्कार प्रयास भएको पाईएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै नागरिक तथा राजनीतिक अधिकार, सम्मानित रूपले बाँच्न पाउने अधिकार अन्तर्गत कैदीबन्दीले समस्या भोग्नु परेको घटना एक, महिलाविरुद्ध भेदभाव, दुव्र्यवहार अन्तर्गत हत्याका घटना दुई वटा रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस अबधिमा परिवार तथा आफ्नै परिवारजनबाट ३ जनाले ज्यान गुमाएका छन । यस्तै बहुविवाहका ७ वटा, घरेलु हिंसाका ३ वटा, घर निकालाको एक वटा घटना रहेको ईन्सेकले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस्तै महिला बेचविखनका दुई, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार अन्तर्गत स्वास्थ्य सेवाबाट बन्चित एक, धम्की÷कुटपिट, गैर राज्यपक्षबाट एक, गैरकानुनी गिरफ्तारी÷गिरप्mतार एक, र सुगम तथा निष्पक्ष न्यायिक अधिकार अन्तर्र्गत बालअधिकार÷शिक्षाको अधिकारबाट बन्चित भएको एक वटा घटना यस अबधिमा भएका छन् ।











प्रतिक्रिया