यमलाल भुसाल, बुटवल ।
पश्चिमवाट बुटवल तर्फ आउदै गरेको हाईलक्स गाडी र विपरित दिशावाट आएको मोटरसाईकिल एक आपसमा जुदाँ दुई जनाको ज्यान गएको छ ।
सैनामैना नगरपालिकाको सरौली भन्ने स्थानमा बुधवार दिउसो साढे एक वजे मोटरसाईकिल र हाईलक्स गाढी जुदाँ मोटरसाईकिलमा सवार दुई जना घाईते भै उपचारको क्रममा लुम्बिनी अस्पताल बुटवल ल्याईएकोमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाईकिल चालक बुटवल उपमहानगरपालिका ८ का ५० वर्षिय तिलक कुमार सुनार र नाम नखुलेका एक जनाको मुत्यु भएको छ ।
वा १६ च ८०१६ नम्बरको हाईलक्स गाडी र से ४ प ७७७५ नम्बरको मोटरसाईकिल एक आपसमा जुदेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।











प्रतिक्रिया