फलफुल बोक्ने मिनी ट्रक दुर्घटना

0
Shares

प्यूठान ।  प्यूठानमा एकाबिहानै फलफुल बोक्ने मिनी ट्रक दुर्घटना भएको छ। दुर्घट्नामा १ जना गम्भिर घाईते भएका छन।

बडडाँडा – दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोला भन्ने ठाँउमा रा १ ख ९३७ नं को मिनि ट्रक दुर्घटना हुंदा सोही ट्रकका चालक रोल्पा नगरपालिका १० बस्ने बर्ष २१ का प्रदिप महरा गम्भीर घाईते भएको प्रहरीले बताएको छ।ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

सहचालकका अनुसार गाडीको ब्रेक फेल भएर पछाडी हुदै गाडी खसेको थियो। घटना बिहान करिव ५:३० बजे भएको थियो। सिकिस्त घाइते गाडी चालकलाइ एम्बुलेन्सद्वारा अस्पताल पठाइएको छ।