गरिबी घटाउने औजार उद्यमशीलता: राष्ट्रसंघ


काठमाडौं, (नेस)
अल्पविकसित देशले गरिबी घटाउने औजार उद्यमशीलता भएको भन्दै गतिशील व्यापार एवम् उद्यमशीलताबाट मात्रै गरिबीको अन्त्य गर्न सक्ने अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले मंगलबार विश्वभर सार्वजनिक गरेको अल्पविकासित देशसम्बन्धी वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

व्यापार–व्यवसाय तथा रोजगारीका अवसर सिर्जनाबाट मात्रै नेपालसहित विश्वका ४७ वटा अल्पविकसित देशले गरिबीलाई घटाउन सक्ने निष्कर्ष अध्ययन प्रतिवेदनको छ । ती देशलाई व्यापार तथा जलवायु परिवर्तनका असरबाट जोगाउन मद्दत गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

राष्ट्र संघले न्यँन विकासित मुलुकमा स्वरोजगारको संख्या धेरै भए पनि उत्पादकत्वमा योगदान भने कमजोर रहेको देखाएको छ। स्वरोजगारहरुको उत्पादन क्षमता तथा उत्पादकत्व कमजोर हुँदा अर्थतन्त्रमा उनीहरुको योगदानको हिस्सा नदेखिएको पनि प्रतिवेदनमा जनाइएको छ ।

सरकारी नीति, बजारको संरचना र प्रतिस्पर्धा, आर्थिक विकासको तह र चरण तथा विश्वव्यापी र क्षेत्रीय आर्थिक वातावरण कमजोर हुँदा अति कम विकसित मुलकको व्यावसायिक वातावरण कमजोर हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।