हुवावेमेट ट्वान्टी प्रो नेपालमा


काठमाडाैं, (नेस)
हुवावे कम्पनीकै नयाँ स्मार्टफोन हुवावे मेट ट्वान्टी प्रो नेपाली बजारमा ल्याएको छ ।
उक्त स्मार्टफोन गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको थियो ।
त्यस अवसरमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामेरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्जयुक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेस रेकग्निसनसहितको ईएमयुआई ९.० तथा यस फोनका आइकोनिक डिजाइनबारेमा जोड दिइएको थियो ।

हुवावे मेट ट्वान्टी प्रोमा ट्रिपल क्यामरा सेटअपजडित छ । लाईका ट्रिपल क्यामेरामा ४० एमपीआरजीबी क्यामेराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सँक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ । २० एमपी लाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबैभन्दा उपयुक्त रहेको छ ।

वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै हुवावे मेट ट्वान्टी प्रोले १५ वाटसम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाटसम्म पनि सपोर्ट गर्न सक्छ।
सोफिस्टिकेटेड थ्री डी फेस रेग्कनिसन फिचर तथा स्तोरन्नति गरिएको इनस्क्रिन फिङगर प्रिन्ट सेन्सरले हुवावे मेट ट्वान्टी प्रो को महत्व झनै बढाएको छ ।

ओएलइडी ६.३९ इन्च स्क्रीन भएको यो फोेनमा १९.५ः९ रेसियोको डिस्प्ले, टुके प्लस रेज्युलुसन रहेको छ।यसको बजार मँल्य १ लाख २९ हजार ९ सय रुपियाँ रहेको छ।