‘२० लाख पर्यटक भित्र्याउन सरकारले काम थालेको छ’


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पँरा गर्न सरकारले तीव्ररूपमा काम अगाडि बढाएको बताउनु भएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भँकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल–२०२०’ ले महत्वपँर्ण भँमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पर्यटकहरू न्यँन संख्यामा आउने मौसममा पनि पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारिएको जानाकारी दिनुभयो ।

२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको स्पष्ट पार्नु भयो । जोशीले भन्नुभयो–‘पर्यटनको लागि चाहिने पँर्वाधार निर्माणको लागि पनि हामीले सरोकारवाला निकायसँग समन्वय समेत गरेर काम अघि बढाएका छौं ।’
भँकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष १० लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढी नै पर्यटक भित्र्याउन सफल भएको उहाँले दाबी गर्नु भयो । जोशीले भन्नुभयो–‘देशमा अहिले पँर्वाधार विकासको काम भइरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्नेछ ।’

भैरहवा विमानस्थलको काम तीव्र गतिमा अगाडि बढिरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने जोशीले बताउनुभयो । जोशीले त्रिभुवन विमानस्थलको धावनमार्गको काम पनि धमाधम अगाडि बढेकाले पर्यटकलाई आवत–जावतमा कुनै बाधा नपर्ने स्पष्ट पार्नु भयो ।
अन्तर्राष्ट्रिय समुदायमा राम्रो सँचनाको प्रवाह भएकाले लक्ष्यभन्दा माथि नै पर्यटक नेपाल ल्याउन भिजिट नेपाल–२०२० ले महŒवपँर्ण भँमिका खेल्ने प्रमुख जोशीको भनाइ थियो ।

देशको आर्थिक समृद्धिसँग पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनले विशेष महŒव राख्ने जोशीको भनाइ छ । उहाँले भन्नुभयो–‘यसकारण पनि सरकार पर्यटन विकासमा थप सक्रिय देखिएको हो । विगतमा पर्यटन प्रवद्र्धनका लागि चलाइएका अभियानले अपेक्षाअनुसार पर्यटक भित्र्याउन सफल भएको निश्कर्षसँगै सरकार आगामी सन् २०२० भित्र वार्षिक २० देखि २५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ अघि बढेको छ । यसमा सबैको साथ र सहयोगको हामीले अपेक्षा गरेका छौं ।’

सरकारले विगतमा ‘भिजिट नेपाल–१९९८’,‘नेपाल टुरिजम इअर–२०११’ लगायत विभिन्न समय देशमा पर्यटन विकासलाई बढावा दिन अभियान चलाउँदै आएको स्मरण गराउनु भयो ।

भँकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयासरत रहेको जोशीले बताउनुभयो ।
विमानस्थल निर्माणलाई उच्च प्राथमिकता दिएर निजी क्षेत्रले पनि पर्यटकीय पँर्वाधारमा लगानी बढाउन अग्रसर हुने हो भने भिजिट नेपाल–२०२० को सपना अपेक्षाअनुसार सफल बन्न मद्दत पुग्ने जोशीको भनाइ छ ।

जोशीले भन्नुभयो–‘अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठँलो संख्यामा पर्यटकहरू भित्रिने तर गर्मी र वर्षाको बेला साह्रै कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचारप्रसारको काम गर्दैछौं।’

बोर्डले नेपालमा पर्यटक बढाउनको लागि ‘डिजिटल–मार्केटिङ’ लाई अघि बढाएको र विश्व प्रख्यात सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमणमा निम्त्याएर विश्वमै नेपालको पर्यटनको प्रचारप्रसार गर्ने बोर्डले पहल गरिरहेको बताउनुभयो ।