एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता


काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकयोरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गर्नुभएको थियो ।