एडीबीले ३९ अर्ब सहयोग


 

नेपाल समाचारपत्र, काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई करिब ३९ अर्ब ३२ करोड रुपियाँ (३ सय ४३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग गर्ने भएको छ ।

पँर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडीबीले सो आर्थिक सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र एडीबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

एडीबीले उक्त रकममध्ये १८ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत राजमार्ग स्तरोन्नति परियोजनामा खर्च गर्नको लागि उपलब्ध गराउने छ । आर्थिक सहयोग एडीबीले सहुलियतपँर्ण ऋणको रुपमा नेपाललाई उपलब्ध गराउने छ ।

प्रकोपबाट क्षति भएका विद्यालयको पुनर्निर्माण परियोजनालाई एडीबीले १६ करोड ३९ लाख अमेरिकी डलर उपलब्ध गराउने छ । सो रकममध्ये १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपँर्ण ऋण र १ करोड ५० लाख अमेरिकी डलर अनुदान सहयोग रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
एडीबीको सो आर्थिक सहायताबाट नेपालको सडक सञ्जालमा उल्लेख्य सुधार हुने सरकारले विश्वास लिएको छ।

एडीबीले नेपालको पँर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । अर्थ सचिव खनालले नेपाललाई एडीबीले गरेको पछिल्लो आर्थिक सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
राजमार्गको स्तरोन्नति गर्न दिइएको रकम कञ्चनपुर र कमलाको बीचमा पर्ने पँर्व–पश्चिम राजमार्गको ८७ किलोमिटर सडकको मर्मत संहार तथा विस्तारमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।