लिखु । नुवाकोटको लिखु गाउँपालिका वडा नं ४ नचनिडाँडामा आगलागी हुँदा करिव ११ लाखभन्दा बढीको क्षति भएको छ । गाउँका राजु शाहको दुई तले ढुंगा माटोले बनेको जस्ताले छाएको घरमा बुधबार विहान २ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यलय ढिकुरेले जानकारी दिएको छ ।
आगलागिमा परि धान,मकै र कोदो, भाडाकुडा,२ वटा बाख्रा र ८ ओटा कुखरा समेत मरेको प्रहरीले जनाएको छ । आगलागीमा परेर घर पुर्ण रुपमा जलेको छ । आगलागि करिव ११ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । आगलागीमा कुनै मानविय क्षति भएका छैन भने अनगलागीको कारण समेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया