सदरमुकाममै थन्कियो आयोडिनयुक्त नुन


महेश न्यौपाने, रोल्पा
साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको आयोडिनयुक्त नून सदरमुकाम लिवाङमा थन्किएको छ । अनुदानमा प्राप्त उक्त नून जिल्लाभर वितरण गर्ने भनिए पनि ढुवानी वजेट अभावका कारण सदरमुकाममा थन्किएको हो ।
साल्ट ट्रेडिङ कार्पोरेशनको रोल्पा स्थीत डिपोमा हाल १ हजार ४०० क्वीन्टल नुन मौज्दात रहेको वताइएको छ ।

अझै करिव ४ सय क्वीन्टल नून ढुवानी हुन वाँकी रहेको छ । रोल्पाका सदरमुकाम सम्म ढुवानी गर्ने गरि क्षेत्रीय कार्यालयले संझौता गरेको हुदा ढुवानी कर्ताले सदरमुकाम सम्म मात्रै ढुवानी गर्दा जिल्ला वाहिर नून पु¥याउन समस्या भईरहेको छ प्रमुख जिल्ला अधिकारी गंजवहादुर एमसीले भने । आगामी वर्ष ढुवानीकर्तालाई स्थानीय तहको केन्द्र सम्म ढुवानी गर्ने गरि परामर्श गरिने एमसीले जानकारी दिए । चालु आर्थिक वर्षमा ठेक्का स्वीकृत भई ढुवानी कार्य समेत अन्तिम चरणमा पुगेकाले जिल्ला सदरमुकाम वाहिर पठाउन सकिएन प्रमुख जिल्ला अधिकारी एमसीले भने ।

जिल्ला सदरमुकाम देखी स्थानीय तहको केन्द्र सम्म स्थानीय सरकारले ढुवानी खर्च व्यहोरे सस्तो मूल्यमा नून उपभोग गर्न पाउने वताइएको छ । अनुदानको उक्त नून सदरमकुमाम लिवाङमा प्रति किलो २० रुपैयाँका दरले दिईदै आएको छ भने थबाङ गाउँपालिकामा सोही नून प्रति किलो ४० का दरले विक्री भईरहेको थवाङ गाउँपालिका अध्यक्ष वीरवहादुर घर्तीले जानकारी दिए । सदरमुकाममा वितरण नभएर थन्किरहने समस्या छ भने दुर्गममा महंगो मूल्य तिरेर नून खानु पर्ने अवस्था छ घर्तीले भने ।

अनुदानको नून सदरमुकाम आसपासमै वितरण हुदा दुर्गमका जनताले महंगो मूल्य तिर्न वाध्य भएको सुनछहरी गाउँपालिका अध्यक्ष आशवहादुर पुनले वताए । साल्ट ट्रडिङ, नेपाल खाद्य संस्थान लगायतका कार्यालय सदरमुकाममा केन्द्रति हुदा दुर्गमका जनताले महंगो मूल्य तिर्न वाध्य भएको अध्यक्ष पुनको भनाई थियो ।

जिल्ला सदरमुकाममा रहेको नून तत्काल १÷१ सय क्वीन्टलका दरले स्थानीय तह सम्म पु¥याउन लागिएको जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले जानकारी दिए । ढुवानीको लागि श्रोत खोजी भईरहेको छ, श्रोत प्राप्त हुने वित्तिकै जिल्लाका सवै स्थानीय तहको केन्द्र सम्म नुन पठाई दिन्छौ शर्माले भने ।

आयोडिन मिश्रित उक्त नून निश्चित समय भित्र प्रयोग नभए आयोडिनको मात्र नष्ट हुने भएकाले जिल्लाका सवै जनताले लाभ लिन सक्ने गरि वितरण गर्नु पर्ने राष्ट्रिय उपभोक्ता मंच रोल्पाका अध्यक्ष मोहन परियारले वताए । जिल्ला सदरमुकाममा मात्रै थुपार्ने गरि आउने गरेको नून आगामी वर्ष स्थानीय तहको केन्द्र सम्म पुग्ने व्यवस्थाका लागी स्थानीय प्रशासनले सहजीकरण गर्नु पर्छ परियारले भने । यस वर्षको नुन समेत स्थानीय तहले ढुवानी खर्च व्यहोर्ने गरि जिल्लावासीको सहज पुहँचमा पु¥याउने वातावरण वनाउनु पर्छ अध्यक्ष परियारले भने ।