शिकागोस्थित मर्सी अस्पतालमा गोली चल्दा चारजनाको मृत्यु

0
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोली चल्दा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी रहेका छन् । शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ।

यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ। स्थानीय समय अनुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा घटना भएको हो। –विविसी