सानिमा लाइफ इन्स्योरेन्सको ‘सानिमा जीवन श्री’ योजना


काठमाडौं, (नेस)
सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा जीवन श्री’ जीवन बीमा योजना ल्याएको छ । यस योजनाअनुसार न्यँनतम बीमाङ पाँच लाख र अधिकतम् बीमाङ आयस्रोतको आधारमा निर्धारण गरिने कम्पनीले जनाएको छ । यस योजनामा प्रवेश गर्नका लागि न्युनतम उमेर १६ वर्ष पुरा हुनुपर्ने छ भने अधिकतम् उमेर ६० वर्ष रहेको छ । जीवन बीमाका लागि न्यँनतम बीमा अवधि १० वर्ष र अधिकतम् बीमा अवधि २५ वर्षको रहेको छ । यो योजनामा अधिकतम् बीमा समाप्ति हुने उमेर ७० वर्ष पँरा हुनुपर्नेछ ।

कम्पनीका अनुसार बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ वर्ष कायम गरिएको छ । भने बीमा अवधि १०, १५, २० र २५ वर्षका लागि रहेको छ । कम्पनीले जीवन बीमा गर्दा पँरा बीमा अवधिको लागि प्रतिहजार बीमांकमा ७० रुपियाँ बोनस ग्यारेन्टी गरेको छ । साथै बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमा लेखेको शर्तको अधिनमा रही प्रत्येक वर्ष प्रतिहजार बीमांकको ७० रुपियाँका दरले पँरा बीमा अवधिको बोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

बीमा अवधिभित्र बीमा लेख चालँ रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमांक र प्रत्येक वर्ष प्रतिहजार बीमांकमा ७० रुपियाँ ग्यारेन्टी बोनससमेत एक मुष्ट प्रदान गर्ने कम्पनीकोे भनाइ छ ।