भारतीय निर्माण उपकरणको प्रर्दशनी हुने


काठमाडौं, (नेस)
भारतीय उद्योग परिसंघ (सीआईआई) ले नेपालमा निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको गर्ने भएको छ । भक्तपुरको सल्लाघारीस्थित मैदानमा २२ देखि २४ नोभेम्वरसम्म प्रदर्शनी आयोजना हुनेछ । प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।
प्रदर्शनीको देशभरबाट १० हजारभन्दा बढी व्यावसायिक अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनी एसियन इन्स्टिच्यँट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफियर्ससंँगको परामर्शमा आयोजना हुन लागेको हो । जसमा नेपाल निर्माण व्यवसायी महासंघको पनि सहयोग रहेको छ ।

सीआईआई कन्म्याक २०१८ नेपालको पँर्वाधार क्षेत्रको तीव्र विकासका लागि ठँलो अवसर हुने आयोजकको दाबी छ ।

प्रदर्शनीले विश्वस्तरको इन्फ्रास्ट्रक्चर निर्मातासँग अवसर र चुनौतीका विषयमा सहभागीलाई छलफल र संवादको अवसर पनि उपलब्ध गराउनेछ ।

काठमाडौमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यँ अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरण एकै स्थानमा अवलोकन गर्नका लागि प्रदर्शनी अद्वितीय प्लेटफर्मको रूपमा रहने बताउनुभयो ।उहाँले भन्नुभयो–‘यस कार्यक्रम नेपालमा आयोजना हुने अन्य प्रदर्शनीको स्तर बढाउन पनि महŒवपँर्ण भँमिका खेल्नेछ ।’