सिद्धार्थ र सिप्रदी सम्मानित


काठमाडौं, (नेस)
आर्थिक वर्ष २०७३÷७४ मा व्यक्तिगत आयअन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र कम्पनीअन्तर्गत सिप्रदी ट्रेडिङ्ग प्रालि आन्तरिक राजस्व विभागद्वारा सम्मानित भएका छन्। सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष हुन् ।

सातांै राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विभागले उक्त सम्मान गरेको हो।
सिद्धार्थ आव २०६८÷६९ देखि आव २०७३÷७४ सम्म लगातार ५ वर्ष उक्त सम्मान हासिल गर्न सफल हुनुभएको छ । उहाँको कम्पनी सिप्रदी पनि आव २०६९÷७० देखि आव २०७३÷७४ सम्म लगातार ४ वर्ष उक्त स्थान ओगट्न सफल रहेको छ।

सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष हुनुका साथै, सिद्धार्थ शमशेर जबराले नेपालमा विभिन्न किसिमका व्यवसायहरुलाई संगठित एवं विस्तारित गराउन उल्लेख्य भँमिका निर्वाह गर्नु भएको छ्। उहाँले सन् २००१ मा विश्व आर्थिक फोरम, डाबोसद्वारा ग्लोबल लिडर फर टुमरोका रूपमा पनि सम्मानित हुनु भएको थियो।

राणा शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा आफँलाई एक प्रतिबद्ध व्यक्तित्वका रूपमा चिनाउन सफल भएका छन्। नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत हेल्प नेपाल नेटवर्क लाई उनले व्यक्तिगत रूपमा सबैभन्दा धेरै एकल दान प्रदान गरेका छन्।

सिप्रदीले विगत ३७ वर्षदेखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भँमिका निर्वाह गर्दै आइरहेको छ। नेपालका लागि भारतको टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेर म्याक्स लुब्रिकान्ट्स , मिसेलिन टायर्स , एक्साइड ब्याट्री , टाटा हिटाची जस्ता उत्पादनको पनि बिक्री तथा वितरण गर्दै आएको छ ।