विकासे चिन्तामा चिन्तित चिन्तबहादुर


नवीन लामिछने, मनाङ
थोरै जनसंख्या विकट ठाउँ हिमालपारिको जिल्ला मनाङ सुन्दर प्राकृति छटाले भरिएको छ । विश्वकै पर्यटकको आकर्षण केन्द्रका रुपमा रहेको यो जिल्ला समयअनुसार विकासको गतिमा लम्कदै छ ।

यस जिल्लालाई मोटर बाटोले जोडे पनि मोटर बाटोको स्तरोन्ति भने हुन सकेको छैन । लमजुङ सदरमुकाम देखि ९५ किलोमीटर कच्ची सडक रहेको छ । चारवटा गाउँपालिका रहेको यस जिल्लामा तिन वटा गाउँपालिकालाइ सडकले छोएको छ । खाने पानी, बिद्युत शिक्षा, स्वस्थ्य बिकासका पुर्बधार हुन् । हाल मुलुकमा तिन तहका सरकार बनिसकेको अवस्था छ तर पनि जनताले सोचेको जस्तो परीर्वतन भने भएको छैन ।

स्थानिय तह, प्रदेश र केन्द्र्ले के कस्तो निती बनाउने भन्ने बिषयमा अन्योलता छाएको देखीन्छ । जसले बिकासका कामहरु अलपत्र परेको छन् । मनाङ जिल्ला जनसंख्यको हिसावमा सानो जिल्ला हो । दुई वटा प्रदेश निर्वचन क्षेत्र रहेको यस जिल्लामा प्रदेश क बाट निर्वाचीत सांसद दिपक मनाङ्के (सञ्जीव गुरुङ) जेलमा रहेका छन् । प्रदेश ख का चिन्तबहादुर घले जिल्लाको समग्र बिकासमा तल्लीन देखीएका छन् । हाल उनी मनाङलाई शिक्षा, स्वस्थ्य, पर्यटक, सडक विद्युत र कृर्षिलाई बिकासको पुर्वधार बनाएर अगाडी बढेको देखीन्छ ।

उनि नेपाली कांग्रेसको तर्फबाट मनाङ ख बाट निर्वाचित साम्सद हुन् । उनि भन्छन् “ हाल मुलुकमा कम्नीष्ट सरकार भए पनि आफु प्रतिपक्षमा रहेर पनि जिल्लाको बिकासमा तल्लीन भएको बताएका छन् । यस जिल्लामा जम्मा चार वटा गाउँपालिका रहेको र बिकासको लागि आफुले दुबै क्षेत्रलाई समेटेको बताएका छन् । मनाङको बिकासका लागी सहमती सहकार्यमा नै काम गरेको उनको भनाइ रहेको छ । हिमाली जिल्ला शिक्षको राम्रो गुणस्तर नभएको हुन नसकेको अवस्था रहेको छ । यस्लाई ध्यानमा राखेर आवसीय बिद्यालयको अवधारण ल्याएको घलेले बताएका छन् ।

मनाङमा चार वटा माद्यमिक बिद्यालय र २५ वटा आधारभुत बिद्यालय रहेका छन् । बिद्यालयमा बिद्यार्थी संख्या कम हुदै जानु र जिल्ला बाहिर जाने प्रबृती बढेको हुनाले यसलाई रोक्न आवासीएको अवधारणा अगाडी बढाएको हो ।

सडकले जिल्ला जोडे पनि सडकको स्तरोन्नती र नयाँ ट्रयाक खोलेर जिल्लाभर सडकले जोड्ने पहल भैरहेको छ । नार्पा भुमि गाउँपालीका जिल्लाकै बिकट गाउँपालीका हो । यस ठाउँमा सडकले जोड्ने काम शूरु भएको छ भने टेलीफोन सेवा सुचारु भ्ौसकेको छ । स्थानिय पुर्वधार बिकास कार्यक्रम अन्तरगत जिल्लामा रहेका सबै साम्सदको सहमतिमा चारवटै गाउँपालीकालाई ४ करोड विनीयोजन गरीएको छ ।

तल्लो मनाङ नासों गाउँपालीका जल बिद्युतको प्रचुर संभावना रहेको हुदा यसमा पहल भएको छ । नेपाल र तिब्बत जोड्ने सबैभन्दा छोटो दुरीमा पर्ने मोटर बाटो मनाङ रहेको धारापानी लार्के पास जम्मा ६५ किलो मिटर रहेको छ । प्रदेश सरकार बाट ३ करोड २० लाख छुटाईको घलेले बताए ।