‘नेपाल संवत् नेपालीले मान्ने संवत्’


नेपाल समाचारपत्र, भक्तपुर । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् सबै नेपालीले मान्ने संवत भएकाले विक्रम संवत्को स्थानमा नेपाल सम्वत लागु गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले सो कुरा मध्यपुर थिमि नगरपालिकाले शंखधर दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभउको हो ।

साख्वालाई राष्ट्रिय विभूति घोषणा गराउन आफुले २० वर्षअघि अगुवाइ गरेको स्मरण गर्दै स्थानीय सरकारका रुपमा रहेका महानगर, उपमहानगर र नगरले पनि एक भएर त्यसका लागि दवाव दिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले गरिवहरुको ऋण मोचन गराउँन शंखधर साख्वाले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल संम्वत लागु सबै एकजुट हुनुपर्ने बताउँनु भयो । महर्जनले नगरपालिकाका विकास काम निर्माण व्यवसायीबाट गराउँदा घटेर कामगर्दा गुणस्तरीय काम नभएको गुनासो गर्दै सबै नगरपालिका मिलेर उपभोक्ता समितिबाट गुणस्तरीय काम गराउँनु पर्नेमा सबैको ध्यानाकर्षण गराउँनु भयो ।

मध्यपुर थिमि नगरपालिका प्रमुख मदन शुन्दर श्रेष्ठले राष्ट्रिय विभूति साख्वाको नाममा निर्माण गर्न लागिएको सामुदायिक भवनमा सबै नगरपालिकाले सक्दो सहयोग गरी अपनत्व ग्रहण गर्नुपर्ने बताउँनु भयो । शंखधर चौक नजिकैको एक सय ३० रोपनी खाली डांडालाई शंखधर पार्क बनाउँने काम अघि बढेको बताउँदै श्रेष्ठले आगामि वर्ष अझै भव्य रुपमा शंखधर दिवस मनाईने जानकारी दिनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, बनेपा नगर प्रमुख लक्ष्मी नर्सिङ बाढे श्रेष्ठ, काठमाडौं महानगरकी उप प्रमुख हरि प्रभा खड्गी, ललितपुर महानगरकी उप प्रमुख गिता सत्याल, मध्यपुर थिमिकी उप प्रमुख अन्जनादेवी मधिकर्मी, मध्यपुर थिमि नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठ, ३ नं. वडाका अध्यक्ष प्रेम कुटु, २ नं. का वडा अध्यक्ष राम थापा लगायतले शंखधरको योगदानको चर्चा गर्दै बिभिन्न धार्मिक विदा कटौति गर्ने सरकारको निर्णयको विरोध गर्नुभयो ।

उपत्यका सहितका १० नगर प्रमुख र १२ उप प्रमुख मध्यपुर थिमिमा भेला भएका छन् । उनीहरु मध्यपुर थिमिको शंखधर चौकमा भेला भएका हुन् । मध्यपुर थिमि नगरपालिका प्रमुख मदन शुन्दर श्रेष्ठका अनुसार, शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा आयोजित कार्यक्रममा उपत्यका र छिमेकी जिल्ला काभ्रेसहितका १० नगर प्रमुख र १२ उप प्रमुखको सहभागिता हुनु भएको हो ।

सोहि अवसरमा मध्यपुर थिमि नगरपालिकाले नगरको वडा नंं ४ स्थित शंखधर चौक नजिकै निर्माण गर्न लागेको सामुदायिक भवनको समेत शिलान्यास गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौं महानगरका प्रमुख विद्याशुन्दर शाक्यले सो भवनको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा मध्यपुर थिमिको प्रशिद्ध महाकाली नाच र मयुर नाच प्रर्दशन गरिएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सुर्य्विनायक नगरपालिकाका प्रमुृख बाशुदेव थापा, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नर्सिङ बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका प्रमुख शन्तोष चालिसे, चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल लगायतका नगरप्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौं महानगरकी उप प्रमुख हरि प्रभा खड्गी, ललितपुर महानगरकी उप प्रमुख गिता सत्याल, मध्यपुर थिमिकी उप प्रमुख अन्जनादेवी मधिकर्मी, चाँगुनारायणकी विणा बाँस्तोला, लगायतका एक दर्जन उप प्रमुखको सहभागिता रहेको थियो ।

कार्यक्रममा मध्यपुरको प्रशिद्ध मयुर नाच, महाकाली नाच प्रर्दशन गरिएको थियो । कार्यक्रमका अतिथिलाई मध्यपुर नगरपालिकाले मायाको चिनो प्रदान गरेको थियो भने सबै सहभागिले तुच्चा ग्रहण गरेका थिए ।