गाँजा फडानीमा तीव्रता, ५७ विगााहा जमिनको गाँजा नष्ट

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
जिल्लाको मरिण गाउँपालिकामा प्रहरीले सोमवार सम्म करिव ५७ विगाहा जमिनमा लगाएको गाजाँँ खेति नष्ट गरेको छ ।
मरिण गाउपालिकाको विभिन्न वडामा अवैध रुपमा लगाएको गाँजा खेती फडानी गर्ने अभियान अन्तर्गत चार दिनमा प्रहरीले गरिव ५७ विगाहा जमिनमा लगाएको गाँजा नष्ट गरेको हो । प्रहरीले गएको कात्र्तिक ३० गतेबाट मरिण गाउपालिकामा अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गर्न सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक जयदेव माझिको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट १५ जना र तीन नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट आएको २५ जना दंगा प्रहरी गरी ५५ जना प्रहरीहरुले गाँजा खेति नष्ट गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक लोकदर्शन थापाले बताए । ।‘कात्र्तिक ३० गते २५,मंसिर १ गते १०,मंसिर २ गते ११ र मंसिर ३ गते ११ गरी हाल सम्म अन्दाजी करिव ५६,५७ विगाहा जमिनमा लगाएको गाँजा नष्ट गरेकोछौं’ प्रहरी नायवउपरिक्षक थापाले भने ।

जिल्लाको मरिण गाउँपालिका र हरीहरपुर गढी गाउँपालिकामा गरी करिव ८० विगाहा जमिनमा गाँजा खेति भएको प्रहरीको अनुमान रहेको छ । जिल्लाको विकट क्षेत्र भएकाले प्रहरी प्रशासनको कम उपस्थिति हुने भएकाले यस क्षेत्रमा अवैधानिक खेति हुने गरेको स्थानीयको भनाई छ । स्थानीय कुमारी माया तामाङका अनुसार यस क्षेत्रमा तराई मुलका मानिसहरु आएर प्रति कठ्ठा २ देखि ३ हजारका दरले ठेक्का लिने गरेका छन ।

गाँजाको खेति गर्नका लागी दल राख्ने बेला देखि नै भारतिय जेटियहरु प्रत्यक्ष आउने र बेला बेलामा आएर रोग तथा विरुवाको पहिचान गरी भाले र पोथी छुटयाउने गरेको तामाङले बताईन ।

आफुहरुलाई पैसा दिने भएपनि साहुँको हो भन्ने कुरा थाहा नभएको उनले बताईन । मरिण गाउँपालिकाको वडा नम्वर १,२,३ र ४ नम्वर वडामा बढीमात्रामा गाँजा खेति हुने गरेको स्थानीयको भनाई छ ।

फाडानीमा लागुऔषध व्युरो काठमाडौ कोटेश्वरका कपिलदेव कार्की, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक जयदेव माझि लगायतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । हाल सम्म करिव ६० प्रतिशत गाँजा खेती नष्ट भएको र अझै ४० प्रतिशत फडानी गर्न बाकी रहेकाले सवै गाँजा नष्ट गर्न अझै केही दिन लाग्ने प्रहरी नायव उपरिक्षक थापाले जनाए ।

स्थानीयको सुराकीको आधारमा त्यस क्षेत्रमा गाँजा खेति भएको छ भन्ने जानकारी आएपछि आफुले अनुसन्धान गर्दा ठुलो क्षेत्रका गाँजा खेति भएको पाएपछि जिल्ला र प्रदेश प्रहरी यूनिटसँग समन्वय गरेपछि र्काित्तक ३० गतेबाट फडानी अभियान सुरु गरेको प्रहरी निरिक्षक माझिले बताए ।

नेपाल प्रहरीले देशभरीमा अहिले सम्म फडानी गरेको गाँजा खेति मध्ये यो नै ठुलो परिणामको भएको प्रनाउ थापाले बताए । जिल्लाको मरिण क्षेत्रका सवै स्थानमा फडानी गर्ने हो भने करिव ८० विगाहामा गाँजा खेति रहेको स्थानीको भनाई छ, थापाले भने ।

सोमवार सम्म फडानी गरिएको गाँजाको बजार मुल्य ६०,७० करोड रुपैया पर्ने प्रहरी नायवउपरिक्षक थापाले बताए । प्रहरी नायवउपरिक्षक थापाका अनुसार मरिण क्षेत्रको सवै गाँजा खेती नष्ट गर्दा अहिलेको गाँजाको बजार मुल्य अनुसार अर्बै रकमको गाँजा नष्ट हुने अनुमान छ ।

पनि व्युरोबाट खटिएको कार्कीले बताए । नेपालमा गाँजा खेति सम्वन्धि काम गर्ने जेटिए नभएकाले गाँजाको भालेपोथि छुट्याउने तथा अन्य परिक्षणको लागी भारितय जेटिएहरु आउने गरेको अनुसन्धानका क्रममा देखिएको कार्कीले बताए ।