देउसी भैलोको रकम पिडितलाई

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं १० को एक समुहले आफुले देउसी भैलोबाट संकलन गरेको रकम पिडितलाई प्रदान गरेको छ । देउसी भैलो मार्फत अघिल्लो बर्ष संकलन गरेको रु ५००० सो समुहले सोही वडाकै आगलागी पिडित भिमबहादुर गिरीलाई प्रदान गरिएको हो भने यस बर्षको ५ हजार २५ रुपैंया रुखबाट लडेर अशक्त भएका मनबहादुर मल्ललाई प्रदान गरेको हो ।

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका १०, दुधेपाखामा रहेको भजंगी टोल समूहले अघिल्लो र यस वर्ष देउसीभैलो खेलेर संकलित रकम सामाजिक काममा प्रदान गरेको हो । समूहकी अध्यक्ष दीपा चन्दले आफुहरुले संकलन गरेको सो रकम पिडितलाई प्रदान गरेको बताउनुभयो । उहाँले पीडितलाई थोरै भए पनि आर्थिक सहायता होस भनेर सहयोगको सुरुवात गरेको बताउनुभयो ।
उक्त रकम एक कार्यक्रमबीच वडा अध्यक्ष अर्जुन चन्दले प्रदान गर्नुभएको थियो । स्थानीय बिपना बुढामगरले देउसी भैलो मार्फत संकलन भएको रकम भोज भतेरमा खर्च गर्नुभन्दा समाजमा यस्ता पिडितलाई दिएमा थोरै भएपनि राहत हुने भएकोले समुहले सो कार्य गरेको बताउनुभयो ।