झापाका तीन बक्सिङका खेलाडीलाइ विदाई

0
Shares

भद्रपुर ।
बक्सिङ् खेलमा भाग लिन जाने तीन खेलाडीलाइ विदाइ गरिएको छ । भद्रपुर नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी खेलाडीलाइ सफलताको कामना गर्दै विदाइ गरेको हो ।

आउँदो मङ्सीर ९ गते( नोभेम्बर २५ )का दिन भारतको दिल्लीमा हुने अन्र्तराष्ट्रिय बक्सिङ् खेल(मिस मार्शल आर्ट)मा भाग लिन जाने भद्रपुरका सुभम मल्लीक र नेपाल बक्सिङ् सङ्घको आयोजनामा मङ्सीर ५ देखी ८ सम्म काठमाडौमा हुने प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बकिसङ् प्रतियोगितामा भाग लिन जाने भद्रपुरका धर्मेन्द्र राइ र हल्दीबारी गाउँपालिकाका रोहन मल्लीकलाइ विदाइ गरिएको हो ।

खेलाडीलाइ नगर प्रमुख जीवन कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठ,राजनीतिक दल, नगरपालिका कर्मचारी,जनप्रतिनिधि, खेलप्रेमी , पत्रकार लगायतले पूर्ण सफलताको कामना गर्दै विदाइ गरेका थिए । सुभमलाइ नगर प्रमुख श्रेष्ठले नेपालको झण्डा हस्तान्तरण गर्दै देशको शिर उच्च राख्न र नेपाललाइ चिनाउन हौशला प्रदान गरेका थिए । शुभमले अफगानिस्तानका ६८ किलो वजनका खेलाडीसँग भिडने छन् । त्यसैगरी रोहनले ५२ र धर्मेन्द्रले ४९ किलो वजनका खेलाडीसँग प्रतिस्प्रधा गर्ने जनाएका छन् । खेलाडीले जीत हासिल गर्ने ठोकुवा गरेका थिए ।