सिर्जना पन्त, बागलुङ ।
बडिगाड गाउँपालिका–५ ग्वालिचौर स्थीत वडिगाड खोलामा सोमबार एक वृद्धाको शव फेला परेको छ । गुल्मीको मालिका गाउँपालिका ५ छापा बस्ने ८२ वर्षीया श्रीकला जिसीको बडिगाढ खोलामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।
मृतक जि.सी बडीगाड महोत्सव हेर्ने र छोरालाई भेट्न आइतवार घरबाट निस्किएको बताईएको परिवारले बताएको छ ।
प्रहरीका अनुसार बडिगाड खोलाको बाटो बाट हिंडदा चिप्लीएर खोलामा खसेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । वृद्धाको मृत्यु बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताउनुभयो । वृद्धाको शव पोष्ट मार्टमका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिएको छ ।











प्रतिक्रिया