भारतले लगाएका पुल सशस्त्र प्रहरीले हटायो

0
Shares

किरन धामी, दार्चुला ।
नेपाल सरकारको अनुमति विना अन्तराष्ट्रिय सीमा नदी महाकाली माथि भारतले लगाएका पुल सशस्त्र प्रहरी र नेपाल प्रहरीले हटाइ दिएका छन् । नेपालको अनुमति विना सिमा नदि महाकालीमा भारतले पुल लगाएको भन्दै सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्मबाट सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले पुल हटाएको गुल्मपति भिमबहादुर चन्दले जानकारी दिए ।

भारतले निर्माण गरिरहेको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि निर्माण सामग्रीहरु ढुवानी गर्न सीमा नदी महाकाली माथि ३ वटा अस्थायी काठेपुल निर्माण गरेको छ । भारतले यस अघि गत असोज ११ गते पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग भन्ने स्थानमा दुई वटा अस्थायी काठेपुल लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत नेपाल सरकार संग अनुमति मागेको थियो ।

त्यति बेला भारतिय पक्षाले मानसरोबर यात्री तथा धारचुला तहशिलका नागरिकलाई बसाई सराई गर्न सहज हुने भन्दै अस्थायी काठेपुलका लगाउनका लागी अनुमति माग गरेको थियो । भारतिय पक्षले अहिले नेपालको ब्याँस गाउँपालिका वडा नम्बर २ अन्तरगत पर्ने तम्बाकु र थिइको भीर तथा मालपा भन्ने स्थानमा सिमा नदि माथी ३ वटा अस्थायी काठेपुल निर्माण ब्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङका स्थानिय नरेन्द्र बुढाथोकीले जानकारी दिए ।