किरन धामी, दार्चुला ।
दार्चुलामा ६५ वर्षिय एक बृद्ध झण्डिएको अवस्थामा मृत फेला परेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराका ६५ वर्षिय बहादुर सिह कुवर झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए । ६५ वर्षिय कुवर आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए ।
मृतक कुवर आइतबार वेलुकी झुण्डिएको अवस्थामा फेला परे पनि प्रहरीलाई ढिलो गरी जानकारी आएको सुचना अधिकारी बोहराको भनाई छ । मृतक कुवरको घरमा श्रीमती मात्रै छन् । मृतक कुवरका छोरा छोरी नभएको प्रहरीले जनाएको छ ।
मृतक कुवरको शवको पोष्टमार्टका जिल्ला अस्पताल दार्चुलामा भैइरहेको उनले जानकारी दिए । घट्ना बारे अनुसन्धान भैइरहेको सुचना अधिकारी बोहराले जानकारी दिए ।











प्रतिक्रिया