युवा बैज्ञानिक सम्मेलन २०१८ सम्पन्न


काठमाडौं । विद्यालय स्तरमा अध्ययनरत बैज्ञानिक चेत र सामथ्र्य बोकेका विद्यार्थीहरूको प्रतिभालाई उचित अवसर र वातावरण प्रदान गर्ने उदेश्यले आयोजित युवा बैज्ञानिक सम्मेलन २०१८ सम्पन्न भएको छ ।

नेपाल पोलिमर ईन्टिच्यूटको आयोजना तथा युनिग्लोव माध्यमिक विद्यालय तथा कलेजको सहआयोजनमा युनिग्लोव मावि तथा कलेजमा यही मङ्सीर एक र दुई गते भएको सम्मेलनमा २० वटा विद्यालयको सहभागिता रहेको थियो ।

सम्मेलनले देशको समृद्धि र वातावरण संरक्षणमा सहयोगी बन्न सक्ने पाँच वटा विधागत विषयहरुबाट छ वटा अवधारणाहरुलाई उत्कृष्ट ठहर गरेको थियो ।

जीव तथा रसायन विज्ञान, गणित र वातावरण विज्ञानतर्फको अवधारणामा युनिग्लोव मावी तथा कलेज कमलादी काठमाण्डौं, इन्जिनियरिङ तथा रोबोटिक्सतर्फको अवधारणामा अमरसिंह स्कुल पोखरा र वृहस्पती विद्यासदन काठमाण्डौं र भौतिक विज्ञानतर्फको अवधारणामा हेटौडा स्कुल अफ मेनेजमेन्ट उत्कृष्ट भएका थिए ।  आयोजकका अनुसार उत्कृष्ट ५ वटै अवधारणाले आगामी डिसेम्वर १५ मा थाईल्याण्डमा हुन गइरहेको एसिया प्यासिफिक यङ साईन्टिस्ट समिटमा सहभागिता जनाउने छन् ।