प्रधानमन्त्री ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओली पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड निवास खुमलटार पुगेका हुन्। ललितपुरको खुमलटारमा प्रधानमन्त्री ओली श्रीमती राधिका शाक्यसहित उपस्थित भएका थिए ।

प्रधानमन्त्री यसअघि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिमा आयोजित सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए। बालुवाटारमा आयोजित उक्त कार्यक्रममा उनले मन्तव्यसमेत दिएका थिए। श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदलगायत विभिन्न दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ।