भीमदत्त नगरपालिकाले गर्यो रेडक्रसलाई तीन लाख सहयोग


मनोज भट्ट, महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई सहयोग गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सोमबार रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गरेका हुन् । भीमदत्त नगरपालिकाले तेस्रो नगर सभाबाट रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

नगर सभाको निर्णय अनुसार नगर वासिन्दालाई निःशुल्क रुपमा रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई सहयोग गरिएको हो । रेडक्रसले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन नगरपालिकासित सहयोगका लागि आग्रह गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले समृद्ध नगर बनाउन सबैसित साझेदारी गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए ।

भीनपाले वडा नं. १० श्रीलंका टोलमा कल्भर्ट निर्माण, वडा नं. ९ मुसेट्टीमा तटबन्ध निर्माण र वडा नं. १९ बागफाँटामा जैविक बाँध निर्माणमा रेडक्रससित साझेदारी गरिएको छ । रेडक्रस सोसाइटीसित समन्वय गरी नगर स्तरीय विपद् व्यवस्थापनको योजना बनाइने नगर प्रमुख विष्टले बताए । ‘योृ वर्षमै समन्वय गरी विपद् व्यवस्थापनको योजना बनाउँछौ’ उनगर प्रमुख विष्टले भने ।

रेडक्रस सोसाइटीले २०५१ सालदेखि सञ्चालन गर्दै आएको रत्त m सञ्चार सेवा केद्रबाट बर्सेनी ७ सयदेखि ९ सय जनाले सेवा लिदंै आएका छन् । रेडक्रसले आर्थिक अभावमा ७ सय ७० रुपैँया प्रिन्टमा रगत उपलब्ध गराउँदै आएको छ ।