पाल्पा जिप दुर्घटनामा एक बालकको मृत्यु, ७ घाइते


काठमाडौं । बागलुङबाट बुटवल आउँदै गरेको जिप पाल्पा सिरुखर्कमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बागलुङको बरेङबाट वुटवल आउँदै गरेको जिप पाल्पाको रिब्दिकोट सिरुखर्कमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी बागलुङ बरेङ ३ खाल्लेकी कमला परियारका एक वर्षीय छोरा अंकितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अंकितको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । लु२च ५०३५ नम्बरको जिप बागलुङको बरेङबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित ७ जना घाइतेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।