प्रसिद्ध शाईकुमारी मन्दिरमा एकादशीदेखी पुजापाठ सुरु


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको डिग्रे शाइकुमारी मन्दीरमा आजदेखी पुजापाठ सुरु भएको छ । हरबोधनी एकादशीदेखी पुर्णिमा सम्म दर्शन गरिने प्रसिद्ध शाईकुमारी भगवतीको मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको घुँइचो लागेको छ ।

कार्तिक शुक्ल एकादशी देखी पुर्णिमा सम्म ५ दिन लगातार दर्शनार्थीको भिडभाड हुने गर्दछ । एकादशीदेखी चर्तुदर्शी सम्म शाईकुमारी भगवतिको दर्शन गरिन्छ भने पुर्णिमाको दिन मेला लाग्ने गर्दछ । आज हरीबोधनी एकादशीको बिहानै २ बजेदेखी मन्दीरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

मनले चाहेको पुरा हुने धार्मिक बिश्वासका कारण रुकुम लगाएत रोल्पा, सल्यान, प्युठान, दांग,जाजरकोट, सुर्खेत, जुम्ला, डोल्पा ,नेपालगंज तथा राजधानी काठमान्डौ बाट समेत दर्शनार्थी पुग्ने गरेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।

५ दिन सम्म लाग्ने मेलाको अवसरमा दर्शनका लागी हरेक बर्ष करिव २५ सय देखी ४ हजार सम्म बोकाको बली दिइने चलन छ ।