हस्तकलाको घोषणालाई सार्थक बनाउनुपर्नेमा जोड


नेपाल समाचारपत्र, ललितपुर
ललितपुर नगरलाई हस्तकला शहर घोषणा भए अनुरुप कार्य अघि बढाउन सहकारीमार्फत् महिला उद्दमशीलता प्रवद्र्धन गर्नुपर्नेमा सम्बद्ध व्यक्तिले जोड दिएका छन् ।

ज्वेल्स बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभाका वक्ताले सो कुरामा जोड दिएका हुन् । सो सहकारीमा सुनचाँदी व्यवसायी, हस्तकला व्यवसायी बढी आबद्ध रहेको अवस्थालाई मध्यनजर गर्दै सो विषयमा जोड दिइएको हो ।

सो अवसरमा प्रदेश नम्बर ३ का सदस्य शोभा शाक्यले क्राफ्ट सिटी घोषणा भएकोमा त्यसलाई सार्थक बनाउन महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्नुपर्ने खाँचो रहेको छ ।

सो अवसरमा संघका अध्यक्ष किरणभाई बज्राचार्यले तीन खम्बे अर्थनीतिको एक सहकारी रहे पनि सहकारी ऐन २०७४ मा राखिएका केही प्रावधानहरु अव्यावहारिक र सहकारीकर्मीलाई हतोत्साहित बनाउने खालको रहेको बताउँदै त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष बज्राचार्यले सहकारीको सम्पँर्ण अधिकार स्थानीय तहमा आएको अवस्थामा समुदायमा आधारित बनाउन आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल र नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सहकारीलाई आर्थिक विकासको दरिलो माध्यमको रुपमा विकास गर्नुपर्ने भनाइ राख्नुभयो ।

त्यस्तै ज्वेल्स बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः किरणभाई बज्राचार्य चुनिनुभएको छ । उपाध्यक्षमा विपिन शाक्यमा, सचिवमा सुविन बज्राचार्य, कोषाध्यक्षमा प्रज्ञाराज शाक्य, सहसचिवमा सञ्जय शााक्य र र सहकोषाध्यक्षमा तेजबहादुर बज्राचार्य रहनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्य राजेश शाक्य, मोतिमान शाक्य, मोतिशान्ति शाक्य, राज्यलक्ष्मी बज्राचार्य, गिरेन्द्र शाक्य, हेराकाजी शाक्य र भीमरत्न शाक्य हुनुहुन्छ ।