हस्तकला व्यापार मेलामा पौने नौ करोडको कारोबार


काठमाडौं, (नेस)
१६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला भएको छ । मेलामा भएको प्रत्यक्ष विक्री र अर्डर समेत गरी करिब ८ करोड ७५ लाख हारहारीमा आर्थिक कारोबार भएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
मेलामा ७ वटा पेभिलियनसहित १७२ वटा स्टल रहेका छन् ।

हस्तकला जीवन्त प्रतियोगिता यस वर्ष परम्परागत विधातर्फ ‘मैनको मँर्ति’ र आधुनिक विधातर्फ ‘ढाका बुनाई’ मा संचालन गरिएको थियो । दुवै विधामा गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो ।

उत्कृष्ट प्याभिलियनमा सवा नेपाल १ लाख नगद, उत्कृष्ट स्टलमा एनपी क्यासमियर हाउस एन्ड ह्याण्डिक्राफट २५ हजार नगद पुरस्कार,
उत्कृष्ट वस्तुतर्फ, द्वितीय याक फाइवरको सल १५ हजार नगद, तृतीय बनाना फाइबरको कार्पेट १० हजार नगदसहित विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।