सिप्रदी र शिखर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता


काठमाडाैं, (नेस)

नेपालकालागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजनाअन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडी दुर्घटना भएको अवस्थामा ग्राहकले सीधैं सिप्रदी ट्रेडिङ प्रालिको आफँलाई पायक पर्नेे आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दाबी गर्न सक्नेछन् ।