कांग्रेसका तीन कोइराला एकसाथ, गुमेको साख फर्काउने उद्घोष


सरोज यादव, विराटनगर
कांग्रेस राजनीतिमा विशेष प्रभाव र महत्व राख्ने तिन कोइरालाले कांग्रेसको गुमेको शाख फर्काएरै छाडने उद्घोष गरेका छन । विपी पुत्र शंशाक कोइराला,नोना कोइराला पुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोयइराला पुत्री सुजता कोइरालाले विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा एउटै मंचबाट कांग्रेसको गुमेको शाखलाई फर्काउने प्रतिवद्धता जनाएका हुन ।

गिरिजाप्रसाद कोइराला फाउन्डेशन प्रदेश नं एकको कार्यालय उद्घाटन पछि आयोजित कार्यक्रममा कोइरालाहरु एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेका हुन । जिपी फाउन्डेशन प्रदेश न .१ समितिले तीन कोइरालाई एक मंचमा उभ्याएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस बिपी र गिरीजाप्रसाद कोईरालाकै बाटोमा अगाडि बढ्ने बताए । उनले कोइरालाहरु एक भएरै कांग्रेसलाई अगाडि बढाउने बताए ।

शशांकले कोइरालाहरुको एकता सधै रहिरहने पनि बताए । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले कांग्रेसलाई शसक्त बनाउन कोइरालाहरु एक ठाँउमा उभिएको बताए । नेता शेखरले कांग्रेसको भुमिका प्रतिपक्षीका रुपमा प्रभावकारी बनाउन कोइरालाहरुको भूमिका बढाउन कांग्रेस असफल भएको बताए । उनले कांग्रेसलाई वलियो वनाउन विगत तिक्ततालाई सवैले त्याग्नु पर्ने वताए ।

अर्काे प्रसंगमा नेता शेखरले सरकारले न्यायपालिका ध्वस्त बनाएको आरोप लगाउदै संञ्चारमाध्याममा प्रतिवन्ध लगाउने काम गरेको भन्दै बिरोध गरे । जिपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको समाजबाद,राष्ट्रियता र एकताको भावना कायम गरी सम्बृद्ध नेपाल निर्माणमा सहयोग गर्न कोइरालाहरुको एकता भएको बताईन । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि पनि कांग्रेस वलियो हुनु आवश्यक रहेको वताइन ।

कार्यक्रममा विभिन्न जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रममा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जिवनीमा आधारित फोटो प्रर्दशनीको समेत आयोजना गरिएको थियो ।