छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु


पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुर शनिवार राती र आईतवार बिहान भएका छुट्टाछुट्टै दुई दुर्घट्नामा तीन जनाको ज्यान गएको छ । शनिवार मध्यराती मध्यपुर थिमि नगरपालिका–४ स्थित अरनिको राजमार्गको क्षयरोग अस्पताल छेउमा भएको दुर्घट्नामा दुई जनाको ज्यान गएको हो । प्रहरीका अनुसार, दुर्घट्नामा परी निशान चालक र सहचालको ज्यान गएको हो ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा २ ख १६५४ नं. को रोकिराखेको निशानलाई सोहि दिशाबाट आउँदै गरेको बा ५ ख ३७६५ नं. को बसले ठक्कर दिएपछि दुर्घट्ना भएको हो । बसले पछाडीबाट ठक्कर दिदा निशान गाडी अगाडी रोकिएको ट्रिपरमा ठोक्किएको थियो । ठक्करपछि च्यापिएर मृत्यु हुनेमा बनेपा नाला बस्ने ३४ को निशान चालक राजेन्द्र श्रेष्ठ र सोही स्थान बस्ने सह चालक पार्वत श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरिक्षक मिलन केसीका अनुसार, च्यापिएर गम्भिर घाईते भएका दुवैलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो । थिमि चौकमा सडक मर्मतका लागि सवारी राकिएको अवस्थामा निशानलाई बसले ठक्कर दिएपछि निशान अगाडिको ट्रिपरमा ठोकिएको थियो । बसको चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ ।

त्यसैगरी मध्यपुर थिमि नगरपालिका–३ नमूनावस्तीमा आईतवार बिहान भएको दुर्घट्नामा एक बृद्धको ज्यान गएको छ । बा ४ ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिदा तेह्रथुम घर घई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्र प्रसाद पराजुलीको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका पराजुलीलाई उपचारका लागि गठ्ठाघरस्थित नगरिक कम्युनिटि टिचिङ अस्पताल ल्याइएको उपचारका क्रममा बिहान आठ वजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।