सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ


काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिनुभएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिनेछ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्रभित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायतका विभिन्न सूचना प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।