नुवाकोट ।
बौद्धिक रुपमा अपाङ्गता र नाताले भाञ्जीपर्ने एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सूर्यगढी गाउपालिका वडा नं ३ बागेश्वरीका सोमबहादुर तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।
२८ वर्षका तामाङलाई नियन्त्रणमा लिएर नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।
तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । प्रहरी निरीक्षक खड्काको अनुसार तामाङले बिहीबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित परिवारले प्रहरी समक्ष उजुरी दिएका थिए ।
किशोरीको स्वास्थ्य परीक्षण, प्रारम्भिक अनुसन्धान लगायतको आधारमा ‘अपराध’ भएका तथ्य पाइएकाले तामाङ विरुद्ध मुद्धा दर्तागरी कारबाहीको लागी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया