किरन धामी, दार्चुला ।
दार्चुलाको महाकाली नगरपालिका–४ दुम्पानी स्थित नेपाल भारत सिमा नदि महाकाली नदिमा नहाउने क्रममा शनिबार दिउसो बगेर वेपत्ता भएका २२ वर्षिय चन्द्र बहादुर बमको डुंगाको प्रयोग गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । महाकाली नगरपालिका–४ घर भएका बम साथी संग नुहाउन महाकाली नदिमा गएका बेला बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
वेपत्ता बम संगै नदि किनार सम्म गएका ४ जना उनका साथीले नहाउनु नजाऔ भन्दा भन्दै उनि एक्लै गएको बताएका छन् । वेपत्ता बम कपडा फुकालेर नदि किनारमा राखेर नहाउछु भन्दै महाकालीमा गएको उनका साथीले बताएका छन् । वेपत्ता बमको सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट १४/१५ जना तालिम प्राप्त उद्धारकर्मीले डुंगाको प्रयोग गरी वेपत्ता बमको खोजी गरिरहेको गुल्मपति भिम बहादुर चन्दले जानकारी दिए । सिमा नदि महाकालीमा वेपत्ता भएका बम २४ घण्टा वित्दा समेत फेला पर्न सकेका छैनन् ।
यसैविच आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वेपत्ता बमको खोजी कार्यका लागी सशस्त्र प्रहरी मार्फत गोताखोरको टोली माग गर्ने निर्णय भएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । ‘वेपत्ता बमको खोजी कार्यका लागी सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म मार्फत गोताखोरको टोली माग गर्ने निर्णय गरेका छौ प्रमुख जिल्ला अधिकारी आचार्यले भने’ ।











प्रतिक्रिया