राजधानी सार्न खोजिए कांग्रेसद्वारा संघर्ष

0
Shares

हेटौंडा ।
नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट सार्न खोजिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा बसेको बैठकले प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको निष्कर्ष निकाल्दै राजधानी सार्ने खेलमा नलाग्न सांसद्हरुलाई आग्रह गरेको छ ।

बैठकमा पदाधिकारी तथा जिल्ला सदस्यले नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णयविपरीत जान खोजे वर्तमान सरकार त्यसको क्षति व्यहोर्न तयार हुनुपर्ने चेतावनी दिएका थिए ।