हेटौंडा ।
हेटौंडा–९, गुम्बाचोकमा आइतबार मध्याह्न पौने १२ बजे सवारी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् गुम्बाचोकमा साइड दिने क्रममा ट्रक अनियन्त्रित भएर पल्टिएपछि मोटरसाइकल र अटो च्यापिँदा त्यसमा सवार दुई जना घाइते भएका थिए ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना. ६ ख ७०१७ नम्बर ट्रक अनियन्त्रित भएर पल्टिँदा त्यसले च्यापिएर गम्भीर घाइते भएका ना. ४६ प ६२१ नम्बर मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्षीय सुदीप घिमिरे र ना. १ ह ८९५९ नम्बर अटोमा रहेकी हेटौंडा–४ कै ३५ वर्षीया गंगा चेम्जोङको सवा १२ बजे मृत्यु भएको हो ।
उनीहरुको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । ट्रक चालक हेटौंडा–१७ बस्ने वर्ष ४२ का एकबहादुर ब्लोनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रनाउ सिंहले जानकारी दिनुभयो । मकै लोड गरिएको ट्रक ओभरलोडका कारण अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रनाउ सिंहले बताउनुभयो ।
साँघुरो सडकका कारण ट्रक दुर्घटना हुँदा अटो र मोटरसाइकलमा सवारले ज्यान जोगाउन नसकेको प्रत्यक्षदर्शीले बताए । ‘बाटो फराकिलो भएको भए उनीहरुले भाग्ने मौका पाउने थिए,’ प्रत्यक्षदर्शी उमेश सापकोटाको भनाइ छ ।











प्रतिक्रिया