महेश न्यौपाने, रोल्पा ।
रोल्पा प्रहरीले लुकाई छिपाई दाङ तर्फ लादै गरेको ९ किलो ३ सय ग्राम चरेश वरामद गरेको छ । थबाङबाट घोराही तर्फ सवार रा १ ख ७४२ नम्वरको वसमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा उक्त चरेश वरामद गरेको प्रहरीले वताएको छ ।
थबाङ गाउँपालिका २ बलाङजाकी ५१ बर्षिया दिलकुमारी झाँक्रीले उक्त चरेश ओसार पसार गर्न लागेको अवस्थामा ईलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरीले उक्त चरेश वरामद गरेको वताइएको छ । ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक राजकुमार पहाडी नेतृत्वको मोवाईल गस्ती टोलीले घर्तीगाउँ प्रहरी चेकपोष्टवाट चरेश वरामद गरेको प्रहरीले जनाएको छ । उक्त चरेश कालो झोलामा राखी आलुको बोरामा लुकाई वसको छत र क्याविन मुनी राखेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
गत कार्तिक ३० गते दिउसो ३ वजे वरामद गरेको उक्त चरेश जिल्ला प्रहरी कार्यालय रोल्पाले आजै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा कसुरदार झाँक्रीलाई लागु औषध मुद्धामा कारवाही गर्ने गरि अनुसन्धान भईरहेको जानकारी दिईएको थियो । मुद्धाको थप अनुसन्धानका लागि रोल्पा जिल्ला अदालतवाट २० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया