काठमाडौं ।
काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने ५३ वर्षीय राजु भट्टचनको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टचन समेत ४ जनालाई नगद १ लाख ३७ हजार ७ सय २० रुपैयाँ र ५ बुक तास तथा सो खेलमा प्रयोग हुने सेतो कालो रंगको गोटी ३० थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(९ बत्तिसपुतलीस्थित मिराज लर्डस ईन होटेलमा जुवातास खेलिरहेको अवस्थामा कालिकास्थान बस्ने पर्सा बीरगंज महानगरपालिका(८ का ३३ वर्षीय देवकुमार सहित १३ जनालाई नेपाली रुपैयाँ ७ लाख ६० हजार १ सय ९०, भारतीय रुपैयाँ १ हजार ८ सय ८० र ३ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित गोरखा आरुघाटका कमल थापाको गुरुङ पोखरा गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दार्चुला सल्ले शिखर नगरपालिका ९ का २३ वर्षीय सुरेश बिष्ट समेत ८ जनालाई नगद ७९ हजार ४ सय रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया