१३ औं महानगरीय प्रहरी दिवस २०७५ सम्पन्न

0
Shares

काठमाडौं ।
निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोहबीच १३औं महानगरीय प्रहरी दिवस २०७५ सम्पन्न भएको छ ।

कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले महानगरीय प्रहरी कार्यालय अन्तर्गत रही विशिष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान, प्रहरी कार्यमा विशेष सहयोग पुर्‍याउने महानुभावहरुलाई कदरपत्र र नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति रकम वितरण गर्नुभयो । साथै उहाँले उपत्यकामा नेपाल प्रहरीको आकस्मिक नम्वर १०० मा निस्शुल्क एसएमएस गर्नसकिने सेवाको शुभारम्भ समेत गर्नुभयो ।

 

सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएकाले महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनका लागि सरोकारवाला सम्पूर्ण निकायले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । महानगरीय प्रहरीलाई प्रविधिमैत्री बनाउने क्रममा सिसिटिभी, जिपिएस, डिजिटल ट्रंकिङ सिष्टम र हाम्रो पुलिस एप्स तथा ट्राफिक प्रहरी एप्स प्रयोगमा ल्याएको समेत उहाँले बताउनुभयो ।

 

समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरीय प्रहरीले गर्दै आएको कार्य प्रशंसायोग्य रहेको चर्चा गर्दै महानगरीय प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्न आफू तत्पर रहेको बताउनुभयो ।

उक्त अवसरमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा। गोबिन्दप्रसाद थापाले कानुनले दिएको अधिकारमा रही आफ्नो कर्तव्यमा अडिग भएर प्रहरीले कार्य गर्नुपर्ने बताउनुभयो ।

 

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महान्यायधिवक्ता कार्यालयका सहन्याधिवक्ता, जिल्ला न्यायधिवक्ता, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

दिवसको अवसरमा आयोजित कार्यशाला गोष्ठी
१३औं महानगरीय प्रहरी दिवस २०७५ को अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले मुलुकी अपराध ९संहिता० लागू भएपछि जनतामा कसरी कानूनी सुशासन लैजान सकिन्छ भन्ने विषयमा छलफलमा उठेका जिज्ञासा र त्यसको निरुपणले आगामी दिनमा अझ दरिलो भई अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । कानूनको पालना र प्रमाणमुखी अनुसन्धानमा देखा परेका जटिलतामा सुधार गर्न गोष्ठीले थप सहयोग पुग्नको साथै कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरूलाई मार्गदर्शन मिल्ने उहाँले उल्लेख गर्नुभयो ।

गोष्ठीमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामा र भक्तपुरका जिल्ला न्यायधिवक्ता चन्द्रकुमार पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले गोष्ठीको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रमाथि सह(महान्यायाधिवक्ता गिताप्रसाद तिमिल्सिना, नेपाल बार एशोसिएसनका उपाध्यक्ष मोतीराज गौतम, सरकारी वकिल र उपस्थित प्रहरी अधिकृतहरूले टिप्पणी गर्नुका साथै समस्या र समाधानका उपाय बारेमा आ(आफ्नो सुझाव राख्नुभएको थियो ।

उक्त कार्यक्रममा मुलुकी अपराध ९संहिता ० ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन २०७४ र फौजदारी कसुर ९ सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ कार्यान्वयनमा आएपछि कार्यक्षेत्रको विद्यमान अवस्थामा देखा परेका चुनौती र समाधानका उपायहरुको बिषयमा छलफल भएको थियो ।

गोष्ठीमा जिल्ला न्यायधिवक्ताहरु, उपन्यायधिवक्ताहरु लगायत अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।