जुवा अखडामा प्रहरीको छापा


काठमाडौं । प्रहरीले राजधानीका नामुद विभिन्न जुवा अखडामा छापा मारेको छ । प्रहरीले जुवा खालबाट झण्डै १० लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाले बत्तीसपुतलीबाट १३ जना जुवाडेलाई ७ लाख ६० हजारसहित पक्राउ गरेको छ ।

त्यसैगरी दरबारमार्ग प्रहरीले १ लाख ३४ हजार रुपैयाँसहित ४ जुवाडेलाई पक्राउ गरेको डिएसपी दानबहादुर मल्लले जानकारी दिएका छन् ।

नयाँ बसपार्क क्षेत्रबाट पनि प्रहरीले ८० हजार रुपैयाँसहित ३ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुमाथि जुवा ऐन अनुसार मुद्दा चलाएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।